काठमाडौँ । सरकारबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पुगेका विभिन्न अध्यादेशसम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श सुरु गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छलफलमा संवैधानिक तथा कानुनी पक्षबारे राय लिन विभिन्न वरिष्ठ कानुन व्यवसायी तथा विज्ञलाई आमन्त्रण गरिएको बताइएको छ।
परामर्शका लागि शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी र शेरबहादुर केसी सहभागी रहेका छन्।
यसअघि राष्ट्रपति पौडेलले सरकारको सिफारिसका आधारमा सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। अन्य अध्यादेशबारे भने थप संवैधानिक परामर्शपछि निर्णय प्रक्रिया अघि बढाइएको देखिएको छ।
राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी, केही नेपाल ऐन संशोधनसम्बन्धी, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, विश्वविद्यालयसम्बन्धी तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशसमेत पुगेका छन्।
राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्ने विषयमा संवैधानिक प्रक्रिया, कानुनी औचित्य तथा व्यवस्थापकीय आवश्यकता लगायत पक्षलाई ध्यानमा राखेर निर्णय प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend