काठमाडौँ। सरकारले काठमाडौँ लगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।
बिहीबार पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो। दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष अमर परियारले जानकारी दिए।
पहिलो चरणमा नेताहरूको ध्यानाकर्षण गराउने भएको छ। यस क्रममा प्रतिनिधि र प्रदेश सभाका सांसदलाई जानकारी दिने जनाइएको छ।
त्यसपछि वैशाख २० गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरिने अध्यक्ष परियारले बताए। दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरिने जनाएको छ। देशभरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कार्यालयमा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द नगरे र विस्तापित सुकुम्बासीको बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अनिश्चितकालीन आमहड्ताल गर्ने संघले जनाएको छ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend