काठमाडौं । सरकारले गत शनिवार र आइतबार काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर त्यहाँ बसोबास सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको छ ।
सरकारले सोक्षेत्रबाट झन्डै १० हजार जना सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको हो । शुक्रवारबाट थप सुकुम्वासी बस्तीमा डोजर चलाउने सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको छ ।
जिल्ला प्रशासनले वैशाख १८ गते शुक्रवार बिहान ७ बजेबाट जिल्लाभर एकैपटक विभिन्न स्थानका बस्ती खाली गराउने कार्य सुरु हुने जनाएको छ ।
सहरी विकास मन्त्रालयले २०७९ फागुनमा निकालेको प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बस्ने सुकुम्वासी तथा अव्यवस्थित घरपरिवार सङ्ख्या करिब ३५ सय छ । तीमध्ये अहिलेसम्म डोजर चलाइएका सुकुम्वासी बस्तीमा करिब १८०० परिवार बसोबास गर्थे ।
जिल्ला प्रशासनले भने अनुसार बाँकी बचेका बस्तीमा शुक्रवारबाट एकैपटक डोजर चलाउँदा थप १७ सय परिवार विस्थापित हुने छन् । सूचना जारी भएसँगै काठमाडौं महानगरपालिका–३ खाडीपाखा, रानीबारी, नारायणटोल क्षेत्रका सुकुम्वासी डेरा सर्न लागेका छन् ।
काठमाडौं उपत्यकाभित्र कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ नगरपालिकामा १३८, ललितपुर महानगरमा १७, गोदावरी नगरपालिकामा २१५, मध्यपुरथिमि नगरपालिकामा ७७३, काठमाडौं महानगरपालिकाभित्र २२२६ गरी ३४५९ अव्यवस्थित परिवार रहेको सरकारी अभिलेखमा भेटिन्छ।
भूमि समस्या समाधान आयोगको लगत हेर्दा काठमाडौं जिल्लामा १ लाख २५ हजार २३६ जनाभन्दा बढीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका रूपमा विवरण टिपाएका छन्।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend