काठमाडौं । सरकारले गत शनिवार र आइतबार काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रमा डोजर चलाएर त्यहाँ बसोबास सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको छ ।
सरकारले सोक्षेत्रबाट झन्डै १० हजार जना सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाएको हो । शुक्रवारबाट थप सुकुम्वासी बस्तीमा डोजर चलाउने सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको छ ।
जिल्ला प्रशासनले वैशाख १८ गते शुक्रवार बिहान ७ बजेबाट जिल्लाभर एकैपटक विभिन्न स्थानका बस्ती खाली गराउने कार्य सुरु हुने जनाएको छ ।
सहरी विकास मन्त्रालयले २०७९ फागुनमा निकालेको प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बस्ने सुकुम्वासी तथा अव्यवस्थित घरपरिवार सङ्ख्या करिब ३५ सय छ । तीमध्ये अहिलेसम्म डोजर चलाइएका सुकुम्वासी बस्तीमा करिब १८०० परिवार बसोबास गर्थे ।
जिल्ला प्रशासनले भने अनुसार बाँकी बचेका बस्तीमा शुक्रवारबाट एकैपटक डोजर चलाउँदा थप १७ सय परिवार विस्थापित हुने छन् । सूचना जारी भएसँगै काठमाडौं महानगरपालिका–३ खाडीपाखा, रानीबारी, नारायणटोल क्षेत्रका सुकुम्वासी डेरा सर्न लागेका छन् ।
काठमाडौं उपत्यकाभित्र कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ नगरपालिकामा १३८, ललितपुर महानगरमा १७, गोदावरी नगरपालिकामा २१५, मध्यपुरथिमि नगरपालिकामा ७७३, काठमाडौं महानगरपालिकाभित्र २२२६ गरी ३४५९ अव्यवस्थित परिवार रहेको सरकारी अभिलेखमा भेटिन्छ।
भूमि समस्या समाधान आयोगको लगत हेर्दा काठमाडौं जिल्लामा १ लाख २५ हजार २३६ जनाभन्दा बढीले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका रूपमा विवरण टिपाएका छन्।
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend