Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित 


    बुधबार, बैशाख १६ २०८३
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।

    आज देशभर मेघ गर्जनसंगै बर्षा र चट्याङ्ग परिरहेको छ जसका कारण भिजिबिलिटी कम हुदा भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त जहाज अहिले होल्डमा छ ।

    त्यस्तै थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । फ्लाइ दुबईको जहाज समेत होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिकूल मौसमले आन्तरिक उडानका जहाज समेत प्रभावित बनेका छन् । अहिले सिमरा, पोखरा, विराटनगर, भैरहवा जाने उडान डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार