Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त


    बुधबार, बैशाख १६ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन भएकी छन्।

    बुधबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पन्तलाई राष्ट्रिय सभा संसदीय दलको मनोनित गरेका हुन्। यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला रहेका थिए। आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन्।

    कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था रहेको छ। यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनित गरेका थिए।

    त्यस्तै, प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह चयन भएका छन्। संसदीय दलका नेता आङदेम्बेले शाहलाई उपनेता मनोनित गरेका हुन्।

    यसैगरी, आङदेम्बेले प्रतिनिधि सभामा संसदीय दलको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार