Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई लाख घुस लिने फार्मेसी अधिकृत सुवेदीबिरुद्ध मुद्दा दायर


    आइतबार, चैत्र ८ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई गएको फागुन १३ मा २ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाइदिने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली दिई मुद्दा मिलाई दिने भनी अधिकृत सुवेदीले घुस लिएका थिए ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा सुवेदीलाई २ लाख बिगो माग गर्दै आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार