Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमानकाे कुटाइले श्रीमतीको मृत्यु


    आइतबार, चैत्र ८ २०७७
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरामा श्रीमतीको मृत्यु भएकाे खबर लिएर प्रहरी कार्यालय पुगेका श्रीमान् पक्राउ परेका छन्। नवदुर्गा गाउँपालिका-५ ठाँटाबजारका २८ वर्षिय श्यामबहादुर साउद पक्राउ परेका हुन्। 

    उनी शनिबार बेलुका श्रीमती २८ वर्षीया मनिषा बेहाेस भएकाे भन्दै प्रहरी चाैकी पुगेका थिए। 

    डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले उनीहरूबीच हानाहान भएकाे खुल्न आएपछि हत्या गरेकाे हुनसक्ने भन्दै श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेकाे बताए।

    मृतकको कान र टाउकोमा चाेट देखिएको उनले बताए। मृतकको शव पाेष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार