काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंको बौद्धमा प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाब स्वरुप प्रदर्शन गरेको शान्ति समाज काठमाडौं शाखाले जनाएको छ ।
दलित अधिकार मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौं, मानव अधिकार रक्षा गरौं लगायतका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल लगायत सहभागी थिए ।