Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगा प्रहार गरी युवकको हत्या


    आइतबार, चैत्र ८ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कलंकीमा एक युवकको हत्या भएको छ । सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुंगाले हिर्काएर हत्या गरिएकाे हाे 

    मृत्यु हुनेमा कलंकीको थापा गाउँ सडकपेटी बस्ने ५५ वर्षीय चौधरी भन्ने छन्। उनको अरू पहिचान खुलिनसकेको काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए।

    ढुंगा प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार