काठमाडौं । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलासा भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोले संयुक्तरुपमा छानबिन गरिरहेका छन् ।
ह्याकरको सहयोगमा केही निर्माण ब्यवसायीहरुले ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगाडि आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साइबर ब्यूरोलाई छानबिन गर्न पत्र पठाएको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाएपछि साइबर ब्यूरो र सीआईबीले संयुक्त रुपमा अनुसन्धान गर्दा ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम ह्याक गरी ठेक्का लिने कार्यमा संलग्न ६ जना निर्माण ब्यवसायी पक्राउ परिसकेका छन् ।
ठेक्काका विवरण हेरफेर गर्ने कार्यमा संलग्न दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्कर अर्याल, सागर कटुवाल र जीवनकुमार दासलाई बिभिन्न मितिमा नियन्त्रणमा लिएको जनाएको छ । तर बोलपत्र ह्याक गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायका आयोजनाका अरबौंका ठेक्का लिने ठूला ठेकेदारहरुलाई भने प्रहरीले पक्राउ गरिसकेको छैन ।
बोलपत्र ह्याक गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अरबौंको ठेक्का लिने आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली र उनका छोरा निर्माण गौलीका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको र खोजतलास भइरहेको सीआईबी स्रोतले नेपालफेसलाई बताएको छ ।
बोलपत्र ह्याक गरी ठूला ठेक्का हत्याएका आशिष निर्माण सेवाका संचालक निर्माण गौली भने भारततिर फरार भएको आशंका प्रहरीको छ । अर्का संचालक ऋषिकेश गौली भने काठमाडौंस्थित घरमा नभएर अन्यत्र कतै आश्रय लिएको आशंका गरी नियन्त्रणमा लिन सीआईबीको टोली परिचालन भएको छ ।
यसरी खानेपानी, सहरी विकास मन्त्रालय, आयल निगम, विभिन्न जलविद्युत आयोजनाहरु लगायतका अर्बौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली नै ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायी रहेको भन्दै उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत छानबिन अगाडि बढाएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend