Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • छात्रालाई दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो दले


    शुक्रबार, चैत्र ६ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोपमा चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेलालाई  कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् । 

    गैरेले छात्राहरुलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।

    विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् ।

    यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार