Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • नयाँ सरकार आएपछि पनि रोकिएन तस्करी, सशस्त्रका बीओपी इन्चार्जकै सेटिङ


    बिहिबार, चैत्र १९ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • मलंगवा । गृहमन्त्री सुधन गुरुङले तराईका जिल्लाका सीमानाकाबाट तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि सीमानाकाबाट भन्सारछलीका सामान ओसारपसार रोकिन सकेको छैन । नयाँ सरकारले सुशासन कायम गर्न तस्करी नियन्त्रण गर्ने अभियान सुरु गरेको भए पनि सर्लाहीका यी सीमानाकाबाट भने तस्करी रोकिन सकेको छैन । नेपालफेसलाई बलरा नाकाबाट तस्करीको सामान भित्रिरहेको भिडियोसमेत प्राप्त भएको छ ।

    सर्लाहीको छतौनास्थित बलरा, मधुवनी र बहादुरपुर बीओपीका इन्चार्ज र घुमुवाको मिलेमतोमा भारतबाट कपडा, माछा, सख्खर(गुड) तस्करीका माध्यमबाट भित्रिरहेको छ । नेपालबाट चिनियाँ स्याउ, फर्सीको बियाँ, मदिरा र कवाडीलगायतको भारततर्फ भारततर्फ तस्करी भइरहेको छ ।

    स्रोत भन्छ, सर्लाहीको मधुवनीबाट दैनिक कपडादेखि माछा भित्रिरहेको छ । नेपालबाट कवाडीका अलावा चिनियाँ स्याउ पनि भारततर्फ तस्करी हुँदैआएको छ । कवाडी भारत लैजानेमा मुख्य बिजय यादव हुन । काठमाडौंदेखि चितवनको भरतपुरबाट कवाडी संकलन गरी सर्लाहीका बलरा, मधुवनी, बहादुरपुर हुँदै कवाडी भारत जाने गरेको छ । बिजय यादवको श्रीकृष्ण ट्रेडर्सले कवाडी भारत पठाउने गरेको छ ।

    ५० लाखको कवाडी छ भने अन्डरभ्यालुएसन गरी २५ लाखको मात्र कायम गरी सर्लाहीमा पठाई भारततर्फ तस्करी हुने गरेको छ । बहादुरपुर र मधुवनीबाट राजेश ठाकुर र नवीन चौधरीले कारोबार गर्दैआएका छन् ।

    सर्लाहीको छन्कीस्थित बलरा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर नाकाबाट दैनिक माछा र कपडा भारतबाट खुलेआम भित्रिरहेको छ । स्रोतका अनुसार सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म फेनहरा र बीओपी छतौनाबाट खटिएका घुमुवाहरुले नै स्कर्टिङ गरी कपडादेखि माछा र सख्खर भित्र्याउने गरेका छन् ।

    लामो समय रौतहट र सर्लाहीमा घुमुवाको रुपमा कार्यरत रहेका र हाल सशस्त्र मुख्यालयमा दरबन्दी भएका सहायक हवल्दार रोशन मिश्रले तस्करीको नेटवर्क चलाउने गरेका छन् । उनको दरबन्दी मुख्यालय हल्चोक भए पनि उनी प्रायः सर्लाहीमा तस्करीको नेटवर्क नै चलाउँदैआएका छन् ।

    मिश्रालाई सशस्त्र मुख्यालयको अनुगमनमा तीन बर्षभन्दा बढी समयदेखि कार्यरत डीएसपी सुदीप रेग्मीले संरक्षण गर्दैआएका छन् । मिश्राकै संरक्षणमा सर्लाहीका बलरा, मधुवनी, बहादुरपुर नाकामा ब्यापारीहरुसँग सेटिङका लागि घुमुवाहरु परिचालन गरिएको छ ।

    सशस्त्रको १० नं. गण सर्लाहीका गणपति (एसपी) अमर खत्रीकै संरक्षणमा घुमुवाहरुले तस्करीको कनेक्सन मिलाउने गरेको स्रोत बताउँछ । यसअघिका एसपी देवबहादुर चन्दकै कार्यकालमा पनि मिश्रले नै फेनरा गुल्म अन्तर्गत बलरा, बहादुरपुर र मधुवनीका नाकामा घुमुवा परिचालन गरी असुली गर्दैआएका थिए ।

    माछामा आत्मनिर्भर हुँदै गएको नेपालको बजारमा तस्करीको माध्यमबाट भारतीय माछा भित्रँदा नेपाली मत्स्य ब्यवसायी मारमा परेका छन । भारतमा माछापालक किसानलाई सरकारले दानादेखि सबै खालका अनुदान दिएकाले उत्पादन सस्तो पर्दछ । तर नेपालमा अनुदान नदिएकाले नेपाली मत्स्य ब्यवसायीहरु भारतबाट आउने माछासँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

    भारतबाट लास नकुहाउनका लागि प्रयोग गरिने फर्मालिन नामक बिषादी प्रयोग गरिएका माछा भित्रने गरेका छन् । जुन माछा मानव स्वास्थ्यका लागि अति घातक छ । भारतबाट तस्करीको माध्यमबाट भित्रने र नसडोस् भनेर फर्मालिन हालिएको माछा सर्लाहीको बलराबाट भित्र्याई नारायणगढ हुँदै काठमाडौं लगायतका सहरमा पुर्याउने गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार