काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डँढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका छन् ।
‘विगतका कमजोरी नदोहोरियोस्, जनताका आवाज सुन्ने शासन सञ्चालन होस्,’ शाहीले भने, ‘सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस् ।’ त्यो दियो जोगाउने आफ्नो परम कर्तव्य रहेको उनले बताए । ‘हामी जोगाउँछौँ । तर दियो डँढेलोमा परिणत नहोस्, यदि त्यो दियो डँढेलो दियो बन्ने कोसिस गर्छ भने हेक्का रहोस् त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ । र, राख्छौँ पनि,’ शाहीले भने ।
सरकारलाई आवश्यक परेको बेला राप्रपा दुई तिहाइ अंक जुटाउन पनि मद्दत गर्ने शाहीले बताए । सरकारले प्रदेश खारेज र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने भए आफूहरू सहयोग गर्न तयार रहेको उनले बताएका हुन् ।
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend