काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा अब संख्याकै बलमा प्रतिशोध वा अत्याचार नहुने बताएका छन्।
सम्बोधनमा उनले आस्थाको आधारमा कसैलाई फरक व्यवहार नहुने स्पष्ट पारेका छन्। उनले भने, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ। र अध्यादेश पनि ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइनेछ। प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन।’
लामिछानेले अन्यायपूर्वक विधि मिचेर कसैको माइक काटिने पनि नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन।’
साथै, उनले सुशासनको कार्ययोजनालाई निरन्तरता दिइने बताए। लामिछानेले भने, ‘तर सुशासनको वेग भने रोकिने छैन। न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो। यसलाई प्रतिशोध भन्न पाइने छैन।’
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend