काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ ।
एमाले सांसद गुरु बरालले बैठकमा विरोध जनाउँदै आफ्नो धारणा राख्न उठेका थिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ को गलत ढंगले प्रयोग गरेर बन्दी बनाइएको उनले बताए । ‘यो गम्भीर आपत्तिको विषय हो । यस विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । सरकारले अहिले निर्मम दमन गरिरहेको छ,’ उनले भने । ‘आजै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौँ,’ उनले भने ।
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend