काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
पहिलो बैठक भएकाले सबै दलका प्रमुख नेताले सम्बोधन गर्नेछन् । नेपाली कमयुनिष्ट पार्टी ९नेकपा०का तर्फबाट भने संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नबोलेर वर्षमान पुनले बोल्ने तय भएको छ ।
झण्डै दुईतिहाइ सांसद रहेको रास्वपाका सभापति लामिछानेलाई संसद सचिवालयले २५ मिनेटको समय निर्धारण गरेको छ । ४० मिनेटको समय छुट्याइए पनि लामिछानेले २५ मिनेट भए पुग्ने बताएका थिए ।
नेपाली कांग्रेसले संसदीय दलको नेता छानिसकेको छैन । तर, कांग्रेसबाट भीष्मराज आङ्देम्बेले बोल्ने तय भएको छ । उनलाई बढीमा १० मिनेटको समय तोकिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ लाई बढीमा ८ मिनेट, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङ, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र स्वतन्त्र सांसद महावीर पुनलाई बढीमा ७ मिनेटको समय निर्धारण गरिएको संसद सचावलयले जनाएको छ ।
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend