काठमाडौं । यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदैछ । आज बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुने भएका छन् ।
यो बर्षको एसईई परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशित गर्ने तयारी छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएतापनि व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा सम्भव नहुने भएपछि एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।
स्रोतका अनुसार बोर्डले बुझाएको कार्यतालिका तालिका लिएर मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहसँग परामर्श गरेका थिए । प्रधानमन्त्री शाहले सकेसम्म चाँडै परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि बोर्डले एक महिनामै परीक्षाफल प्रकाशित गर्न गृहकार्य सुरु गरेको छ ।
बोर्डले परीक्षा सकेलगत्तै सोही परीक्षा केन्द्रबाट परीक्षण गरेको उत्तरपुस्तिका बोर्डलाई बुझाउनुपर्नेछ । अर्थात् केन्द्रमा सबै परीक्षा सकेको भोलिपल्ट सबै विषयको उत्तरपुस्तिका केन्द्रमा बुझाउनुपर्नेछ ।
उच्चस्रोतका अनुसार हिजो बसेको बोर्डको बैठकले उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि तयार गरी छलफल गरेको छ । सम्भवतः केही हेरफेर नभएदेखि एक दुई दिनमा कार्यविधि पारित भई लागू हुने र कार्यविधिमा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था हुने स्रोतले बतायो ।
आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने विषय कार्यविधिमा लेखिएको छ । परीक्षामा केन्द्राध्यक्षले कसलाई उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मा दिने त्यस विषयमा निर्णय गर्नेछन् ।
केन्द्रका सम्बन्धित विद्यालयका निरीक्षकले फरक विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । कार्यविधिको मस्यौदामा परीक्षा सकिएपछि नम्बर इन्ट्री, स्क्रुटिङ र सम्परीक्षण गर्नेसम्म सबै काम सकेर बोर्डले परीक्षाफल प्रकाशित गर्न मिल्नेगरी नम्बर पठाउनुपर्नेछ ।
एसईई परीक्षा सुरु हुनु एक दिनअघि कार्यविधि परिवर्तन भएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend