Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई


    बुधबार, चैत्र १८ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

    अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेकाले, उनी बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    आजै बसेको एमाले संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा समेत चयन गरेको छ ।

    संसदीय दलको नेता चयन भएपछि थापाले संसदमा संख्या कम भए पनि जनमतका हिसाबले प्रतिपक्ष निकै बलियो रहेको दाबी गरे ।

    थापा एमालेको गत महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार