Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान


    बुधबार, चैत्र १८ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ ।

    महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणको हिरासतमा राखिएका लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेका हुन् । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले लेखकको बयान भइरहेको जानकारी दिए ।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको चैत १४ प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।

    जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार