काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक च्यासलमा बसिरहेको छ। भोलिदेखि सुरु हुन लागेको संघीय संसद् अधिवेशनको तयारीका सन्दर्भमा बैठक आह्वान गरिएको जनाइएको छ।
बैठकमार्फत संसदीय दलको नेता, प्रमुख सचेतक तथा सचेतक चयनसम्बन्धी निर्णय गर्ने कार्यसूची रहेको बताइएको छ। दलको नेताका रूपमा रामबहादुर थापा को नाम चर्चामा रहेको छ भने सुहाङ नेम्वाङ लगायत अन्य सदस्यहरूले पनि दाबी प्रस्तुत गर्ने संकेत गरेका छन्। दलभित्र तथा बाह्य वृत्तमा समेत वैकल्पिक नेतृत्वका विषयमा चर्चा भइरहेको देखिन्छ।
हाल एमालेका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सांसद रहेका छन्। बैठकमा महासचिव शंकर पोखरेल ले सांसदहरूलाई पार्टीको नीति, प्राथमिकता तथा संसदीय कार्यमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।
बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ।
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend