काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आज पनि एक जनाविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने बताएका छन् ।
यसअघि सोमबार मात्र उनले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो हत्या गर्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । साम्पाङले सामाजिक सञ्जालमार्फत फेरि आज त्यस्तै प्रकृतिको अर्को उजुरी दिइने जानकारी दिएका हुन् ।
‘सरकारलाई बेलगाम घोडा बनेर जथाभावी कुद्न नदिने प्रतिपक्ष हो–हर्क साम्पाङ र उसको पार्टी श्रम संस्कृति । यो कुरा हेक्का राख’, उनले लेखेका छन्, ‘गालीगलौज गर्नेलाई माफी नै छ । तर ज्यानमार्ने र घर जलाउने धम्की दिनेहरूविरुद्ध सीआईबीमा रिपोर्ट गर्नेछु । आज नि एउटा पर्छ ।’
तर उनले आफुलाइ कसले धम्की दियो भन्ने कुरा खुलाएका छैनन् । उनले सीआईबी भनेर लेखे पनि सामाजिक सञ्जालसम्बन्धी उजुरी दिने स्थान साइबर ब्युरो हो ।
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend