काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आह्वान गरेको छ । आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनको भनाइ छ । त्यस्तै आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
अन्य पार्टीसँग छलफल र सहकार्य गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिइएको बस्नेतको भनाइ छ ।
एमालेले ओलीको रिहाइको माग गर्दै देशव्यापी विरोध कार्यक्रम पनि सार्वजनिक गरेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend