Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


    बिहिबार, चैत्र ५ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इंग्लिस क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति चेल्सीको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

    खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा एक शुन्यले अघिरहेको चेल्सीले थप गोल गर्न इन्जुरी समय नै कुर्नु परेको थियो । इन्जुरी समयमा इमर्सनले गोल गर्दै २-०को जित दिलाए।  

    चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार