Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ओली र लेखकलाई १० दिन थुनामा राख्न माग, बहस सकियो 


    आइतबार, चैत्र १५ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ।

    उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। उनीलाई म्याद थपको लागि न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस भएको छ।

    स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई ‘भर्चुअल’रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो।

    सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार