काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। सो सम्बन्धमा प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन अनुरोध गर्दै सूचना प्रकाशित गरेको हो ।
जेनजी प्रदर्शन र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं. ११ अनुसार शहीद परिवारका सदस्यको रोजगारीको व्यवस्था गरिएको प्रकाशित सूचनामा भनिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८२-०९-२० मितिको पत्रसहित प्राधिकरणमा पेश भएका निवेदन प्राप्त भएका छन्।
शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण वा नपठाएकाहरूले ३५ दिनभित्र काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउनुपर्ने छ।
सूचनामा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट पेश भएका आवेदकहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend