Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • ओली र लेखक पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदै


    आइतबार, चैत्र १५ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदैछ ।

    गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दुवै पक्षले छुट्टाछुट्टै निवेदन पेश गर्ने तयारी गरेका छन् ।

    ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी छ भने एमाले निकट कानून व्यवसायीहरुले वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।

    जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

    एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार