काठमाडौं । प्रहरी प्रधान कार्यालयले तत्काल प्रहरी कर्मचारीलाई बिदामा नछाड्न निर्देशन दिएको छ ।
हालको अवस्थालाई मध्यनजर गर्दै देशभर प्रहरीलाई बिदा नदिन प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिवार परिपत्र गरेको हो । प्रशासन शाखाका शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी)सन्तोष निरौलाले मातहतका निकायलाई पठाएको पत्रमा प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा नदिने भनिएको छ ।
पत्रमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन अनुरोध ।’
यससँगै प्रहरी प्रधान कार्यालयले बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको हो ।
जेन्जी आन्दोलन जाचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिवार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । यसको विरोधमा नेकपा (एमाले)ले देशभर विरोधमा उत्रिएको छ । यसैलाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले प्रहरीलाई बिदा नदिने निर्देशन दिएको हो ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend