Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिवि शिक्षण अस्पतालमा भर्ना भए ओली


    शनिबार, चैत्र १४ २०८२
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।

    आज बिहान पक्राउ परेपछि उनलाई स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।

    मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

    ‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार