काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्ने बताएका छन् । उनले प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानुपर्दछ भन्ने कुरामा जोड दिएका छन् ।
भट्टराईले कानुनी राज्य र बिधिको शासनको उपहास गर्दै गिरफ्तार गरिएका एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेका छन् । उनले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन् ।
सामाजिक संजालमा भट्टराईले लेख्छन्–लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्दछ । प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।
कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।
घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ ।
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।
जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस्, सरकारको ध्यानाकर्षण गर्दछु ।
हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनुपर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिनेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend