Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • रास्वपाले टुंग्यायो बालेनको क्याबिनेटमा मन्त्रीको नाम, कुन मन्त्रालयमा को ?


    शुक्रबार, चैत्र १३ २०८२
    580
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब बन्ने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।

    रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

    नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    रास्वपाले सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो ।

    उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।

    यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अमरेश कुमार सिंह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादीको नाम तय गरिएको स्रोतले जनाएको छ ।

    यसैगरी, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने विषयमा सहमति नजिक पुगेको बताइएको छ । यद्यपि, उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने विषयमा पनि समानान्तर छलफल भइरहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार