Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • कार्की आयोगको प्रतिवेदन प्रारम्भिक रूपमा अपूर्ण रहेको काँग्रेसको टिप्पणी


    बिहिबार, चैत्र १२ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसले जेन जेड आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा प्रस्तुत प्रतिवेदन प्रारम्भिक दृष्टिले अपूर्ण रहेको टिप्पणी गरेको छ।

    काँग्रेस प्रवक्ता देवराज चालिसेले प्रतिवेदनको प्रारम्भिक विश्लेषण गर्दै भदौ २३ गतेका घटनाहरूमा आयोगले पर्याप्त प्रकाश पार्ने प्रयास गरेको भए पनि भदौ २४ गतेका विषयहरू पर्याप्त रूपमा समावेश नभएको बताएका छन्।

    प्रवक्ता चालिसेले सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो प्रारम्भिक प्रतिक्रिया हो। प्रतिवेदनले केही पक्षमा ध्यान दिएको छ, तर केही घटनाहरू छोडिएको छ। यसलाई थप अध्ययन गर्नेछौँ र कानुनविद्हरूसँग छलफल गर्नेछौँ।’

    उनले सबै प्रतिवेदनको व्यापक अध्ययनपछि पार्टीले थप धारणा सार्वजनिक गर्ने पनि जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार