Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट


    बुधबार, चैत्र ४ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गलकोट । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।

    सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिनुभयो ।

    आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए ।

    आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार