Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अस्ट्रेलियामा फेसबुकले समाचारका लागि न्यूज कोर्पलाई पैसा दिने


    बुधबार, चैत्र ४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार भएको छ।

    अस्ट्रेलियाले सामाजिक सञ्जाललाई समाचारका लागि पैसा तिराउने विवादास्पद कानुन पारित गरेको केही सातापश्चात् दुई पक्षबीच सम्झौता भएको हो।

    न्यूज कोर्पले यो सम्झौताको रकम खुलाएको छैन। उसले गत महिला गुगलसँग पनि यस्तै खालको सम्झौता गरेको थियो।

    यो सम्झौतामा अस्ट्रेलियामा न्यूज कोर्पले उत्पादन गर्ने सबै सामग्रीलाई समेट्छ। फेसबुकका शेयर गरिने सबै समाचारहरूमा यो सम्झौता लागु हुनेछ।

    अस्ट्रेलियाको पत्रिका वितरणको कुल ७५ प्रतिशत भाग न्यूज कोर्पद्वारा सञ्चालित पत्रिकाहरूले ओगट्ने बिबिसीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार