Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पोखरा विमानस्थलको परामर्शदाता नियुक्तिमा ४६ करोड भ्रष्टाचार, ३ महानिर्देशकसहित २१ जनाबिरुद्ध मुद्दा दायर


    आइतबार, चैत्र ८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा परामर्श सेवा खरिदमा ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ अनियमितता गर्ने नागरिक उड्डयन प्राधिकरणका तीन पूर्व महानिर्देशक र पर्यटन मन्त्रालयका पूर्वसचिवसमेत २१ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकत्रय संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी, नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावलका बिरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो मागदाबी गरी बिशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ठेकेदार कम्पनी चाइना सीएमसी इन्जीनीयरिङ कम्पनी लिमिटेड र परामर्शदाता ERMC/A-not/Slate JV pk/ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको छ ।

    उनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा बदनियत राखी आपसी मिलेमतोमा सम्झौताको सर्त र प्रचलित कानुनविपरीत भुक्तानी लिई दिई सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु. ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ कायम गरी कैद र बिगोबमोजिमको जरिवाना गरी बिगो असुलउपर हुन साथै प्रतिवादीहरु केदारबहादुर अधिकारी, संजीव गौतम, राजन पोखरेललाई सोही ऐनको दफा २४ बमोजिम थप संजाय हुन मागदाबी लिएको छ ।

    परामर्शदाता कम्पनी र तिनका संचालकबिरुद्ध पनि मुद्दा दायर भएको छ । नेपालको परामर्शदाता कम्पनी इआरएमसी र त्यसका संचालकद्वय उद्धवराज चौलागाई र हेमनिधि शर्माका बिरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको जनाएको छ ।

    यस्तो छ अख्तियारको आरोपपत्र :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार