काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा परामर्श सेवा खरिदमा ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ अनियमितता गर्ने नागरिक उड्डयन प्राधिकरणका तीन पूर्व महानिर्देशक र पर्यटन मन्त्रालयका पूर्वसचिवसमेत २१ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकत्रय संजीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावलका बिरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो मागदाबी गरी बिशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ठेकेदार कम्पनी चाइना सीएमसी इन्जीनीयरिङ कम्पनी लिमिटेड र परामर्शदाता ERMC/A-not/Slate JV pk/ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको छ ।
उनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदमा बदनियत राखी आपसी मिलेमतोमा सम्झौताको सर्त र प्रचलित कानुनविपरीत भुक्तानी लिई दिई सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु. ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ कायम गरी कैद र बिगोबमोजिमको जरिवाना गरी बिगो असुलउपर हुन साथै प्रतिवादीहरु केदारबहादुर अधिकारी, संजीव गौतम, राजन पोखरेललाई सोही ऐनको दफा २४ बमोजिम थप संजाय हुन मागदाबी लिएको छ ।
परामर्शदाता कम्पनी र तिनका संचालकबिरुद्ध पनि मुद्दा दायर भएको छ । नेपालको परामर्शदाता कम्पनी इआरएमसी र त्यसका संचालकद्वय उद्धवराज चौलागाई र हेमनिधि शर्माका बिरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको जनाएको छ ।
यस्तो छ अख्तियारको आरोपपत्र :
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend