Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दिलनिशानीको प्रश्नः खरबौं सम्पत्ति जलाउनेले चुनाव जितेका छन्, गगनले किन राजीनामा दिने ?


    बिहिबार, चैत्र ५ २०८२
    660
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राजनीतिक बिश्लेषक दिल निशानी मगरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै मगरले जेल तोडेर, खरबौंको सरकारी र निजी सम्पत्ति जलाउनेहरुले चुनाव जितेको उल्लेख गरेका छन् । गगन थापाले उनीहरुले जस्तो कुनै अपराध नगरेको भन्दै उनले  चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन, चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुन होइन भन्दै सामाजिक संजालमा लेखेका छन्, चुनाव चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन । तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन । जेल तोडेर निस्किनुपरेको छैन । त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।

    चुनाव जित्ने भाग्यमानीहरुलाई चुनाव जित्नुको कारण थाहा नभएको उल्लेख गर्दै उनले इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन । तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।

    मगर लेख्छन्–चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन । चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु होइन। चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन। तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन। जेल तोडेर निस्किनुपरेको छैन। त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।

    खरबौ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफ [Sunroof] माथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन् । तर तपाई खरानी टक्टकाएर उभिएको मान्छे हो। लुकीलुकी हिड्नु परेको थियो। त्यो दिन भेटाएको भए तपाईलाई पनि आगोमा जलाएर मार्ने थिए। बाचेर सभापति बन्न पाउनु भयो ।

    चुनाव जित्ने भाग्यमानीहरु लाई चुनाव जित्नुको कारण थाहा छैन। इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन ।

    तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार