Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अढाई महिनापछि ओली–प्रचण्ड फोनवार्ता, भेटेरै संवाद गर्ने ओलीको प्रस्ताव


    मंगलबार, चैत्र ३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो सोमबार टेलिफोन संवाद भएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि आफ्नै पार्टीमा दबाबमा आएका प्रधानमन्त्री ओलीले अढाई महिनापछि प्रचण्डलाई फोन गरेका हुन् । 

    यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच भेट रोकिएको छ । उनीहरूबीच संसद् विघटन भएको दिन बिहान बालुवाटारमा भेटवार्ता भएको थियो । 

    सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको एक सातापछि प्रधानमन्त्री ओलीले केही विषयवस्तुमा संवाद गर्न चाहेको भन्दै प्रचण्डसँग फोनमा कुराकानी गरेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार बिहान ओलीले दाहाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए ।

    ‘सोमबार बिहान प्रधानमन्त्रीज्यूको फोन आएको रहेछ । उहाँले भेटेरै केही विषयमा छलफल गर्न चाहेको र उपयुक्त समय ९साँझ–बिहान०मा बालुवाटार बोलाउनुभएको रहेछ,’ प्रचण्डनिकट एक नेताले भने ।  फोन संवादमा प्रचण्डले अहिले पार्टी बैठक चलेको र छलफलका लागि महत्वपूर्ण विषयवस्तुसमेत नरहेको बताएको उनीनिकट नेताको दाबी छ । (नयाँपत्रिका दैनिक )

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार