काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पार्टी केन्द्रीय कमिटीको बाह्रौं बैठक बस्ने भएको छ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको बैठकमा चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन्।
पार्टीको बैठकमा केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई उपस्थितिको लागि आह्वान गरिएको छ ।