काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई–काठमाडौं विशेष उडानको तयारी गरेको छ । यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।
नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौं–दुबई उडान हुने भएको छ । यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ ।
निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ । यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ ।
मध्यपूर्व तनावपछि संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनमा हवाई सेवा बन्द गर्ने निर्णयपछि नेपाली यात्रु पनि समस्यामा परेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend