Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सत्यानाश भइसक्यो, सर्वनाश हुनबाट रोकौं, एमालेको पुननिर्माण गर्न सकिन्छ : सुरेन्द्र पाण्डे


    बुधबार, फाल्गुन २७ २०८२
    470
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का नेता सुरेन्द्रप्रसाद पाण्डेले वर्तमान नेतृत्वकै कारण पार्टी सत्यानाश भइसक्यो, सर्वनाश हुनबाट रोक्नुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा उनले भनेका छन्–‘सत्यानाश भइसक्यो, सर्वनाश हुनबाट रोकौं ।’

    पाण्डेको प्रश्न छ–‘एमालेले यो भन्दा बढी पाठ सिक्न केही बाँकी छ र ?’  उनले भनेका छन्–सामूहिकताका आधारमा निर्णय गरेर जाने, यो हारबाट पाठ सिकेर, संकल्प गरेर, सबै मिलेर जाने हो भने पार्टी बनाउन सकिन्छ । पाण्डे भन्छन्–पुननिर्माणको संकल्प गर्ने हो नयाँ संभावना मैले त्यत्तिकै देखिरहेको छु ।

    म भूमिगत हुँदा काठमाडौं उपत्यकामा संगठन बनाएको थिएँ । काठमाडौंमा धेरै चुनावमा त्यही संगठनको बलमा एमालेले अधिकांश सिट जित्यो । कुनै चुनावमा त पाँचमा पाँचै सिट जितेको पनि थियो । तर अहिले त दसवटै क्षेत्रमा पार्टीले जितेन नै, ९ वटामा त तेस्रो चौथो भएको छ । एउटा क्षेत्रमा मात्र ५ हजार भोट कटाएको छ । यस्तो कसरी भयो ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार