काठमाडौं । नेकपा (एमाले)ले चुनावमा गम्भीर पराजय ब्यहोरेपछि सो पार्टीका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले तत्काल नेतृत्व छाड्नुपर्ने पक्षमा बोलिरहेका छन् । सामाजिक संजाल वा मिडियामा पार्टीका उपाध्यक्षद्वय बिष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङले पार्टीको नीति र नेतृत्वका बारेमा गम्भीर समीक्षा गर्ने बताइसकेका छन् ।
अर्का नेता सुरेन्द्रप्रसाद पाण्डे र उपमहासचिव योगेश भट्टराईले पनि पार्टीले गम्भीर निर्णय लिनुपर्ने बताइसकेका छन् । तर, एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले भने संकट परेको बेलामा पार्टीभित्र संयम र विवेकका साथ समीक्षाको आन्तरिक स्थापित अभ्यासलाई बुद्धिमत्तापूर्वक अवलम्बन गर्नुपर्नेमा मिडियाबाजी र सडकबाट गालीगलौज गरेर सही निष्कर्षमा पुग्न संभव नहुने बताएका छन् । उनले अझ पार्टी महाधिवेशनमा अस्वीकृत र पराजित कुराहरूका आधारमा चलखेल गरिनु सर्वथा मुर्खताबाहेक केही हुनेछैन भन्दै नीति र नेतृत्वका बारेमा प्रश्न उठाउने नेताहरुलाई कडा काउन्टर दिएका छन् ।
हरेक व्यक्तिको भुमिका जनता र कार्यकर्ताको सार्वजनिक निगरानी बाहिर नरहेको वास्तविकतालाई हेक्का राख्दै पार्टी र आन्दोलनका विरोधी र बैरीहरूको बोलीमा लोली मिलाएर जगहसाइ नगर्न पनि उनले सबैलाई अनुरोध गर्न गरेका छन् ।
प्राविधिक रूपमा जयपराजयको घोषणालाई स्वीकारिएको उल्लेख गर्दै थापाले खेलमा भाग लिएको खेलाडीले यसो गर्नु स्वभाविकै भएको बताएका छन् । तर राजनीतिक घटना र परिघटनाको विश्लेषणका आधारमा भन्नुपर्दा यो जनमतविपरीत कृत्रिम, चरम घृणा र इष्र्याको ुम्याच फिक्सिङ’को परिणाम अस्थायी मात्रै भएको थापाको भनाइ छ ।
प्यूठानबाट चुनाव लडेका थापा पराजीत भएका छन् । प्यूठानमा आफूले प्राप्त गरेको मत र समानुपातिक मतको विवरण राख्दै सामाजिक संजालमा उनले लेखेका छन्–‘हामी जन्मिंदा देशमा पञ्चायतको जगजगी थियो, एक बर्ष पुग्दानपुग्दै छिमेकमा स्वतन्त्र रहेको मुलुक सिक्किम भारतमा गाभियो। त्यसपछि जनमतसंग्रह, सत्याग्रह, जनआन्दोलन, ुजनयुद्दु, जनक्रान्ति, मधेस उधुम र जेन्जी विध्वंस सबका सब देखियो, भोगियो र ५१ बर्षयताका प्रायस् उथलपुथल एवं परिवर्तनमा सँगसँगै छु।इतिहासले सुम्पेको जिम्मेवारीलाई हामीले सकेसम्म निष्ठाका साथ पूरा गर्ने क्रममा यहाँसम्म आइपुगेको तथ्य जगजाहेरै छ ।
२०८२ फागुन २१ को निर्वाचन र परिणाम दुबै अनपेक्षित रह्यो ।देशको दीर्घकालीन हित र अस्तित्वविरूद्ध धावा बोल्दै विदेशीका भरौटे र बुख्याँचाहरूले तिनको योजना, दुष्प्रचार र अकुत लगानीमा यो सब उत्पात मच्चाएका छन् ।
सबैका मुखौटा खुल्दै जानेछन् र तिनको भण्डाफोर हुनु अनिवार्य छ।हामीले जनताकाविरूद्ध कुनै गलत काम गरेका छैनौ, गर्दैनौं र कसैसँग अनुचित सौदावाजी पनि गर्दैनौं ।
निर्वाचनमा हारजित स्वभाविकै हो । तर हामीलाई प्रहार गरेर जीविका चलाइरहेका मानसिक रोगीहरूका प्रलापले केही फरक पार्ने छैन । हरेक मित्र र शत्रुको खास परिचय अप्ठेरो घडीमा अझ राम्रोसँग हुन्छ । र, सबभन्दा बढी ‘आफैले पालेका कुकुरले नै मालिकलाई टोक्ने गर्दछन्’ भन्ने भनाइ पनि व्यवहारतः परीक्षण भएको छ ।
थुप्रै दाजुभाइ दिदीबहिनीले हाम्रो पराजयमा पिर मान्दै टेलिफोन गरेर भक्कानिनु भएको छ । प्राविधिक रूपमा जयपराजयको घोषणालाई स्वीकारिएको छ, खेलमा भाग लिएको खेलाडीले यसो गर्नु स्वभाविकै हुन्छ । तर राजनीतिक घटना र परिघटनाको विश्लेषणका आधारमा भन्नुपर्दा यो जनमतविपरीत कृत्रिम, चरम घृणा र इष्र्याको ुम्याच फिक्सिङ’को परिणाम अस्थायी मात्रै हो । यसले देशलाई झन जटिल संकटतर्फ धकेल्ने खतरा बढाएको छ ।
यस्तो बेलामा पार्टीभित्र संयम र विवेकका साथ समिक्षाको आन्तरिक स्थापित अभ्यासलाई बुद्धिमत्तापूर्वक अवलम्बन गर्नुपर्दछ । मिडियाबाजी र सडकबाट गालीगलौज गरेर सही निष्कर्षमा पुग्न संभव हुनेछैन । अझ पार्टी महाधिवेशनमा अस्वीकृत र पराजित कुराहरूका आधारमा चलखेल गरिनु सर्वथा मुर्खताबाहेक केही हुनेछैन । हरेक व्यक्तिको भुमिका जनता र कार्यकर्ताको सार्वजनिक निगरानी बाहिर नरहेको वास्तविकतालाई हेक्का राख्दै पार्टी रआन्दोलनका विरोधी र बैरीहरूको बोलीमा लोली मिलाएर जगहसाइ नगर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छु ।
यो राष्ट्र र जनताको साझा संकट हो, यसका विरूद्ध एकताबद्द भएर मात्रै लड्न र विजय हासिल गर्न संभव हुनेछ ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend