काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले दुर्गा प्रसाईं निहत्था पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने हत्यारामा दर्ज भएको बताएका छन् । सामाजिक संजालमा आइतबार बिहान थापाले पत्रकारलाई जिउँदै जलाएर हत्या गरी उनी भागेको आरोप लगाएका छन् ।
तीनकुनेबाट शुक्रबार प्रहरीलाई नै किच्नगरी तीव्रगतिले गाडी हाँकेर फरार भएका प्रसाईंलाई सरकारले पक्राउ गर्न नसकिरहेको बेला थापाले सामाजिक संजालमा लेखेका छन्–उन्मादी घोडा दुर्गा प्रसाईं भागेर बेपत्ता भयो।सायद मालिक खोज्दै भौतारिरहेको होला ।
ऊ जे थियोे, त्यही गर्यो । बैकको ऋण लिएर नतिर्ने ठग थियोे, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी थियोे र निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट गराउने क्रूर अपराधी भयो ।
ऊ निहत्था र कर्तव्यपरायण पत्रकारलाई जिउँदै आगोमा पोलेर हत्या गर्ने आततायी हत्यारामा दर्ज भएको छ र आफूले आह्वान गरेको कथित आन्दोलनको जिम्मेवारी लिन नसकी सुइँकुच्चा ठोक्ने–भाग्ने कायर भगौडाका रूपमा बदनाम बन्यो ।
खासमा ऊ जनताले जंगलबास धपाएर सुरक्षित राखेको निरंकुश तानाशाही प्रेतको भुत्ते खुकुरी बन्यो र खेर गयो । यसको आन्दोलनले इतिहासको चिहानमा पुगिसकेको भतुवा राजतन्त्र फर्किने, विदेशीको बुई चढेर व्यापारी ज्ञानेन्द्र शाह राजा हुने, दुव्र्यसनी पारस युवराज र पछि राजा हुने दिन देख्न नेपाली स्वाभिमान पर्खिरहेको ठान्ने दुष्ट र पटमुर्खहरूलाई सचेत नागरिक र देशभक्त नेपालीले किमार्थ माफी दिने छैनन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend