Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • दुर्गा प्रसाईं पत्रकारलाई जिउँदै आगोमा पोलेर भागे : सूर्य थापा


    आइतबार, चैत्र १७ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले दुर्गा प्रसाईं निहत्था पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने हत्यारामा दर्ज भएको बताएका छन् । सामाजिक संजालमा आइतबार बिहान थापाले पत्रकारलाई जिउँदै जलाएर हत्या गरी उनी भागेको आरोप लगाएका छन् ।

    तीनकुनेबाट शुक्रबार प्रहरीलाई नै किच्नगरी तीव्रगतिले गाडी हाँकेर फरार भएका प्रसाईंलाई सरकारले पक्राउ गर्न नसकिरहेको बेला थापाले सामाजिक संजालमा लेखेका छन्–उन्मादी घोडा दुर्गा प्रसाईं भागेर बेपत्ता भयो।सायद मालिक खोज्दै भौतारिरहेको होला ।

    ऊ जे थियोे, त्यही गर्यो । बैकको ऋण लिएर नतिर्ने ठग थियोे, मुद्दा खेपिरहेको र पटकपटक धरौटीमा छुटेको साइबर अपराधी थियोे र निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, लुटपाट गराउने क्रूर अपराधी भयो ।

    ऊ निहत्था र कर्तव्यपरायण पत्रकारलाई जिउँदै आगोमा पोलेर हत्या गर्ने आततायी हत्यारामा दर्ज भएको छ र आफूले आह्वान गरेको कथित आन्दोलनको जिम्मेवारी लिन नसकी सुइँकुच्चा ठोक्ने–भाग्ने कायर भगौडाका रूपमा बदनाम बन्यो ।

    खासमा ऊ जनताले जंगलबास धपाएर सुरक्षित राखेको निरंकुश तानाशाही प्रेतको भुत्ते खुकुरी बन्यो र खेर गयो । यसको आन्दोलनले इतिहासको चिहानमा पुगिसकेको भतुवा राजतन्त्र फर्किने, विदेशीको बुई चढेर व्यापारी ज्ञानेन्द्र शाह राजा हुने, दुव्र्यसनी पारस युवराज र पछि राजा हुने दिन देख्न नेपाली स्वाभिमान पर्खिरहेको ठान्ने दुष्ट र पटमुर्खहरूलाई सचेत नागरिक र देशभक्त नेपालीले किमार्थ माफी दिने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार