काठमाडौ । प्यूठानबाट चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा(एमाले)का नेता सूर्य थापाले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले बिहीबार २४ लाख १० हजार निर्वाचन खर्च ३ सय ८९ रुपैयाँ निर्वाचनमा खर्च भएको विवरण निर्वाचन कार्यालय प्यूठानमार्फत् निर्वाचन आयोगमा बुझाएका छन् ।
उनको सबैभन्दा बढी खर्च प्यूठाानका ६४ वटा वडामा कार्यक्रम गर्दा ६ लाख ४० हजार खर्च विवरणमा उल्लेख छ । इन्धनमा ४ लाख ५० हजार ३ सय ९० रुपैयाँ खर्च भएको विवरणमा छ ।
सवारी साधन भाडा २ लाख ९० हजार, खाना तथा आवास खर्च २ लाख ५५ हजार, कार्यालय संचालन खर्च १ लाख ३५ हजार, नमूना मतपत्र छपाई ९५ हजार, प्रेस तथा पम्प्लेट छपाई खर्च ७५ हजार ४ सय, मनोनयन खर्च १० हजार, विबिध खर्च ४ लाख ५९ हजार ४ सय रुपैयाँ लागेको थापाले बुझाएको विवरणमा उल्लेख छ ।
प्यूठानबाट रास्वपाका सुशान्त बैदिक प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने थापा पराजीत भएका थिए ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend