काठमाडौं । प्यूठानबाट निर्वाचित नेकपा (एमाले)का सांसद सूर्य थापाले जिल्लाको विकासका सवालमा नेपाली कांग्रेसले दिउँसै रात पार्न खोजेको आरोप लगाएका छन् । एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका थापाले एक महिलालाई बोल्न लगाएर काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर आफ्नाविरूद्ध भ्रमपूर्ण सामग्री भाइरल गरिएको बताएका छन् ।
चालू अर्थिक बर्षमा बाग्दुला–मच्छी सडकका लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्याएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ । यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब. मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको अवस्थामा कांग्रेस कुप्रचारमा उत्रिएको आरोप लगाएका छन् । प्यूठान कांग्रेसका सभापति बिष्णु गिरीले सांसद थापाले हेट स्पीच दिएको भन्दै उनका बिरुद्ध विज्ञप्ति निकालेपछि थापाले शनिबार बिहान ‘केही नलेख्ने भनेको, तथ्य लेख्नैपर्ने भयो १ भन्दै सामाजिक संजालमा स्टाटस राखेका छन् ।
सामाजिक संजालमा उनी लेख्छन्–नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’ का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ । प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ । ल मानौं, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्ध भाइरल गरिएको छ।
जबकि चालू आ।ब।मा बाग्दुला–मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ।ब।मै थप बजेटका लागि सिफारिस गरेर कोसिश गरिरहेको छु ।
प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेण्डर निकालिएकोसम्म छैन । विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का संझौताअन्तर्गत १० बर्षदेखि कुरा भएर काम नभएको बाग्दुला–मच्छी–भिमगिठे सडकको पुनः ठेक्का लगाउन गतबर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन । र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ ।
यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौं र ?
अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?
काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ ।
जहाँसम्म ‘जितको उन्माद’ भनिएको छ, पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जीवित तथ्य नै हो, यो कुनै उन्माद होइन । यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन । अनि किन कुण्ठाग्रस्त ?
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend