Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बायर्न म्युनिखद्वारा वेर्डर ब्रेमेन ३–१ गोलले पराजित


    आइतबार, चैत्र १ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जर्मन बुण्डेस लिग फुटबल अन्तर्गत उपाधि दाबेदार रहेको क्लब बायर्न म्युनिख विजयी भएको छ ।

    शनिबार राति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ३–१ गोलले पराजित गरेको हो ।

    बायर्नको जितमा गोरेट्ज्काले खेलको २२ औँ, ग्नाब्रीले ३५ औँ तथा लेवान्डोस्कीले ६७ औँ मिनेटमा गोल गरेका हुन् । ब्रेमेनका लागि ८५ औँ मिनेटमा फुल्क्रुगले एक गोल फर्काएका हुन् ।

    लेवान्डोस्कीले लिगमा यो सिजन ३२ गोल गरिसकेका छन् । बुण्डेस लिगामा लेवान्डोस्कीले २६८ गोल गरेका छन् । उनले दोस्रो स्थानमा रहेका क्लाउस फिस्चरसँगको कीर्तिमानमा बराबरी गरेका हुन् ।

    बुण्डेस लिगामा सर्वकालिन सर्वाधिक गोल गर्ने खेलाडी गेर्ड मुलरले ३६५ गोल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार