काठमाडौं । बीबीसी नेपाली सेवाले चुनावको सम्मुखमा जेनजी आन्दोलनसँग सम्बन्धित रहेर तयार पारेको डकुमेन्ट्रीलाई पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन् । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बारेमा चुनावको सम्मुखमा आएर बीबीसी नेपाली सेवाले भिडियो बनाएपछि त्यसका बारेमा क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
पूर्वआईजीपी अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले डकुमेन्ट्रीमा प्रस्तुत भएका प्रहरीका संवाद र कलसाइनहरु हुबहु नहुनसक्ने दावी गरेका छन् । नेपाल प्रहरीको सञ्चार सेटको टावर, डाटा अद्यावधिक र भण्डारण अत्यन्तै संवेदनशील विषय भएको र ती कुरा जोकसैलाई प्रहरीले उपलब्ध नगराउने उनको भनाइ छ । खापुङ कात्तिक २७ गते नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकास भएका थिए ।
बीबीसीको डकुमेन्ट्रीबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा आईजीपी खापुङले भनेका छन्–‘यो ‘मिडिया ट्रायल’ हो । चुनावको मुखमा निकालेका छन् । त्यसैले यो ‘कन्टेन्ट’ (विषयबस्तु) मा भन्दा पनि ‘टपिक’ (शीर्षक) मा खेलिरहेका छन् । ‘कन्टेन्ट’ मा खासै केही छैन ।
कफ्र्यु लागिसकेपछि गोली हान्ने आदेश दिनुभएको हो कि होइन भन्ने अर्को प्रश्नमा तत्कालिन आईजीपी खापुङले ‘कफ्र्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनेको छ । गोली हान भनेको त छैन नि । पुलिस मर्न आँट्यो, ज्यान जान आँट्यो, आगो लागिसक्यो के गर्ने भनेर कराइराख्दा कफ्र्यु आदेश जारी भएपछिको अवस्थामा कानून बमोजिम गर्ने हो । फिल्डको ‘सिचुएसन’ (परिस्थिति) हेरेर आवश्यकताअनुसार गर्ने हो ।’ भन्दै उत्तर दिएका छन् ।
तत्कालीन आईजीपी खापुङले जेनजी, रास्वपाहरुको ‘फेबर’ मा निर्वाचन परिणाम जाओस् भनेर पनि भिडियो सार्वजनिक गरेको हुनसक्ने हुनसक्ने बताएका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend