Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा खेलाडीलाई सम्मान


    शनिबार, फाल्गुन २९ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ । ‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए । संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताउनुुभयो ।

    तरुण दल १३ एकाइका अध्यक्ष सुवोधप्रसाद प्रधानले समकालीन राजनीतिका अदर्श पुरुष सिंहले मुलुकमा प्रजातन्त्र स्थापना तथा जनताको सामाजिक न्याय, आर्थिक रुपान्तरण गर्न गरेका योगदानलाई चिरस्थायी बनाउन उहाँका नामबाट गरिने खेलकूद, सामाजिक, राजनीतिकलगायत गतिविधिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

    काठमाडौँ महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धर, कार्यक्रम आयोजक संस्था ‘एचडी थर्टीन ग्रुप’ का अध्यक्ष निर्मलप्रसाद श्रेष्ठ, तरुण दल क्षेत्र नं ८ का अध्यक्ष अनिरुद्रप्रसाद प्रधानलगायतले मुलुकको विकासका लागि त्याग र निष्ठाको राजनीतिको आवश्यकता रहेको औँल्याउनुुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार