Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ लाखसहित हुन्डी कारोबारी राउत पक्राउ


    बुधबार, फाल्गुन २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । बीरगञ्ज महानगरपालिका  वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट अबैध हुन्डी कारोबारी  जयराम राउत कुर्मीलाई करिब १६ लाख नगद र चेकसहित प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

    उक्त ट्रेडर्सका कर्मचारीबाट  स्रोत खुल्न नसकेको ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ र ७४ हजार भारु बरामद भएको छ । राउतकोे साथबाट बब्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ५० हजार रुपैयाँ बराबरका चेकसमेत प्रहरीले बरामद गरेको छ ।

     राउतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनाल जानकारी दिएका छन् ।

    साथै उक्त ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले उनको खोजतलास भइरहेको जानकारी खनालले दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार