Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता


    मंगलबार, फाल्गुन २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दर्ता गरेकी छन् ।

    नेता रघुजि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् । 
    नेता पन्तले  एक कार्यक्रममा ‘हाम्रो पार्टीमा वषौं देखि विवाह नै नगरी पार्टीमा लागिपरेका महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भइन्’ भनेका थिए ।
    सोही अभिव्यक्तीको आधारमा नेतृ वलीले मुद्धा दायर गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार