काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने कार्यक्रम रहो परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म ९चार दिन० हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय छ ।
राष्ट्रपति पौडेलसँग माघ २० गते नै टोकियोमा जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको विशेष समारोहमा सहभागी हुनेछन् ।
माघ १९ गते नै जापानका विदेश राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायले पनि भेटघाट गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।
जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन । राष्ट्रपति पौडेलको माघ २१ काठमाडौं फर्कने कार्यक्रम छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend