काठमाडौं । सबै राजनीतिक दलहरूका बहुमत ल्याउने र यति र उति सिट जित्ने दाबीसहितका आँकलनप्रति नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले कटाक्ष गरेका छन् । सबै पार्टीले आफू नै बिजेता र एकल सरकार बनाइसकेको दाबीप्रति बाँस्कोटाले ब्यंग्य गर्दै सामाजिक संजालमा लेखेका छन् ।
बास्कोटाले चुनावी दाबी र विश्लेषण सुन्दा–पढ्दा कोही पनि दोस्रो नहुने अवस्था देखिएको उल्लेख गरेका छन् । सबैले जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको जस्तो प्रचार भइरहेकोप्रति उनले व्यंग्य उनले गरेका छन् ।
‘चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र हैन, एकल सरकार नै बनाइसकेजस्तो देखियो ।’
तर वास्तविक परिणाम भने मतदाताको निर्णयले मात्रै निर्धारण गर्ने स्पष्ट पार्दै उनले प्रचार, होहल्ला, आरोप–प्रत्यारोप चुनावी प्रक्रियाको सामान्य पक्ष भएको बताए ।
‘तर खास कुरा मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट हुन्छ,’ उनले भनेका छन् ‘होहल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप–अमेरिकामा पनि देखिन्छ, नेपालमा त यो मामुली कुरा भइगो ।’
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend